तिनाउ-४ छाप,पाल्पा

९८६६६९५८०५

५८ औ बालदिवश

58 ‍औ बालदिवश कार्यक्रम २०७९ "बालमैत्री समाजकाे आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार" भन्ने नाराका साथ ५८ ‌औ बाल दिवशकाे समाराहमा यस विद्यालयमा भएकाे कार्यक्रममा विपना कनाैजेकाे अध्यक्षतामा अञ्जु घर्तीले कार्यक्रम सञ्चालन गरेकी थीइन् । त्यसैगरी माध्यमिकत तहकाे कार्यक्रम सञ्चालन अर्जुन सुनारले, आधारभूत तह याम बहादुर घर्ती र प्राथमिक तह अवी रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए । माध्यमिक तहमा "बालविवाह न्यूनिकरणमा विद्यार्थीकाे भूमिका" भन्ने शीर्षकमा वक्तृत्वकला, आधारभूत तहमा "बाल अधिकार" शीर्षकमा र प्राथामिक तहमा नृत्य प्रतियाेगिता सञ्चालन भएकाे थियाे । माध्यमिक तहमा प्रथम तिर्सना घर्ती , द्वीतिय दिलमाया चाैहान र मनमाया घर्ती र तृतीय मानसिङ दिशा भएका थिए । आधारभूत तहमा प्रथम पार्वती वि.क, द्वीतिय सन्ध्या घर्ती र तृतीय प्रेमलाल रेश्मी भएका थिए । त्यसैगरी प्राथामिक तहमा प्रथम दिया चाैहान, द्वीतिय आश्मा सुनार र तृतीय रितु चिदी भएका थिए । त्यसैगरी आयाेजक टिमले "बालविवाह न्यूनिकरण" शीर्षकमा नाटक प्रदर्शन गरेका थिए ।

  • Date

    2079-05-29