तिनाउ-४ छाप,पाल्पा

९८६६६९५८०५

हाम्राे बारेमा | विद्यालयको परिचय

विद्यालयको परिचय

लुम्बिनी अञ्चल पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं‌‍‍‍‍-४, छापमा अवस्थित यस पृथ्वी प्रकाश माध्यमिक विद्यालय यस जिल्लाको दक्षिण पूर्वी भेग पवित्र सत्यवती मन्दिरको सन्निकटमा रहेको छ । पाल्पा जल्ला सदरमुकाम देखि २४ कि‍ मि को दुरीमा चौविसमाइल भन्ने ठाउँबाट कच्ची बाटो करीब १० किमि दिक्षण भेगमा पर्ने कोल्डाँडा गा।िव।स। वडा नं। ३ छाप सार्से भञ्ज्याङ्ग डाँडामा श्री पृथ्वी प्रकाश मावि अविस्थत छ । पाल्पा जिल्ला कै अति दुर्गम पहाडी इलाकामा पर्ने हुँदा भौगोिलक दृर्षटिकोणले भिरालो पाखो जग्गामा बलौटे माटो दिक्षण पिट्ट धेरै अप्ठेरो भीर र उत्तरतर्फ भिवष्यमा बाटो विस्तार भई नियिमत संचालनको अवस्थामा विकास हुँदा व्यापािरक प्रायोजनाका सटर समेत निकाल्न मिल्ने संभावना बोकेको जग्गा छ । यस विद्यालयको सेवाक्षेत्र पूर्वमा माथागढी ५ मा पर्ने धािमघा, वंशीडाँडा, मौलाथर, दमार, सिमले साथै तिनाउ ४ गिजनचौर पर्दछ भने त्यसै गरी पिश्चममा तिनाउ ४छाप एवं सत्यवती भेगका विद्यार्थीहरुको पठनपाठन गर्न आउने मूल थलो रहेको छ । यस क्षेत्रका बहुसंख्यक व्यक्तिहरुले कृषि व्यवसायलाई नै प्रमुख बालिको रुपमा तेजपत्ता , अदुवा , अमृसो , पिडालु तरकारी खेति धान मकै कोदो आदि उत्पादन हुन्छ । यस विद्यालयको सेवा क्षेत्रमा बसोबास गर्ने अभिभावकहरूको मुख्य पेशा कृषि हो । धान, मकै, कोदो, उत्पादन हुन्छ । नगदे बालिमा केरा खेती , अदुवा, बेसार, पिडालु लगाएत दलहन सिमी इत्यादी उत्पादन गरिन्छ मुख्य आम्दानीको स्रोतमा दालचिनी तेजपातबाट मनज्ञ आम्दानी हुन्छ । यहाँ समशितोष्ण मनसुनी हावापानी पाइनाले यस क्षेत्रमा साल, उतिस, काफल, कटुस, गुँरास जस्ता फलफूलका साथै चुरे क्षेत्रमा पाइने वनस्पतिको वनजंगल पाइन्छ । पृथ्वी प्रकाश मा‍वि समुन्द्र सतहदेखि करिब १२५० मीटरको उचाइमा रहेको यस क्षेत्रमा ग्रीष्ममा न्यूनतम १५ देखि अधिकतम ३० डिग्री सम्म र हिउंदमा न्यूनतम ५ डिग्री देखि १८ डिग्री सम्म तापक्रम पाइन्छ । वर्षाको हिसाबले यो क्षेत्रमा हिउँदे याममा ४० से।मी। र ग्रीष्ममा २७५ से।मी। भन्दा बढी बर्षा भएको पाईन्छ

सामाजिक अवस्था

मानव बसोबासको हिसाबले विभिन्न जातजातिहरु थारु, राजभर, गुप्ता, चमार, दुसाध, मुसहर, कुर्मी, धोबी, बाहुन, क्षेत्री आदिको बाहुल्यता रहेको छ । धार्मिक हिसाबले यो क्षेत्र हिन्दु, बौद्ध, क्रिश्चियन, मुसलमान जस्ता धार्मिक आस्थावान भएतापनि धार्मिक सहिष्णुता रहेको पाइन्छ ।

विद्यालयको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि

यस त्रिभुवन मा.वि. बेलाटारीको स्थापना प्रतापपुर गा.वि.स. निवासी स्व. निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र.अ.को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।

२०२८ सालको नयां शिक्षा योजना अनुसार यस विद्यालयलाई जिल्लामा पांचौ मा.वि.स्तरको स्वीकृति प्राप्त भयो । तत्पश्चात विद्यालय संचालनमा आवश्यक विभिन्न शैक्षिक एंव भौतिक सुविधा जुटाउंदै २०५१ सालमा प्राथमिक स्तर अलग्गै सञ्चालन गर्न विद्यालयको दक्षिण तर्फ ०–४–० कठ्ठा जग्गामा पक्की भवनको सिलान्यास गरी पठनपाठन कार्य सुरु गरियो । आ.प्रा.शि.प. अन्तर्गत आ.व. २०५६÷०५७ मा २ वटा ब्लक र प्रतापपुर गा.वि.स. एंव विद्यालयको आन्तरिक श्रोतबाट २ कोठे भवन निर्माण कार्य सम्पन्न भयो । यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०+२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु.४ लाख संकलन गरी २०५३÷०३÷२७ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा मानविकी संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।

२०५९ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ, २ कोठे प्रा.वि. भवन विद्यालयको उत्तर तर्फको पर्खाल निर्माण गर्नुको साथै सन् २००३ , १५ अगस्तका दिन भारतीय राजदुतावासबाट स्वराजमज्दा ३३ सिट क्षमता भएको विद्यालय बस प्राप्त भयो । हाल यस त्रिभुवन मा.वि. मा ११ र १२ तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । यस क्षेत्रका स्थानिय जनता शिक्षाप्रेमीहरुको प्रयासमा सि.टी.इ.भी.टी.बाट सम्बन्धन प्रँप्त गरि १८ महिने सबओभरसियरको कक्षा सञ्चालन तथा २०७३ साल देखि कक्षा ९–१२ मा प्राविधिक धार थप गरि इलेक्ट्रिकल ओभरसियरको कक्षा पनि सञ्चालन हुंदै आएको छ ।

विद्यालय आर्जन गर्ने थलो भन्ने हो । समुदायमा स्थापना भएको एउटा पवित्र शैिक्षक संस्थाको रुपमा विद्यालयलाई लिइन्छ । समुदायलाई शिक्षित र विकिसत पार्ने महत्वपूर्ण अंग विद्यालय हो । समुदायमा स्थापना भएका प्रत्येक संघ संस्था सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न उद्देश्यमुलक कार्यक्रमहरू सञ्चालन गरिरहेका हुन्छन् । प्रत्येक संस्थाको समुदायलाई हरेक तरिकाबाट योगदान पुर्‍याउने आ–आफ्नै विशिष्ट उद्देश्य रहेका हुन्छन् । विद्यालय पनि समुदायलाई शिक्षितपारी समृद्ध देश निर्माणमा अग्रसर भएको साझा सम्पति हो । यो साझा सम्पतिलाई मल जल गरी हुर्काउन, बढाउन र नमुना विद्यालयको रुपमा चिनाउन यसै समुदायका सचेत वर्गका व्यक्तिहरू, जागरुक अभिभावकहरू, शिक्षक, कर्मचारी, बुद्धिजिवी समाजसेवीहरूको नै प्रमुख दायित्व हो, भन्ने कुरालाई हामी सबैले आत्मसात गर्नु पर्दछ । शिक्षा नै सम्पूर्ण विकासका पूर्वाधारहरुको मेरुदण्ड हो । जसरी मेरुदण्ड नभईकन मानिस ठाडो उभिन सक्दैन त्यसै गरी उचित शिक्षा दिक्षा हासिल नगरीकन कुनै पनि मानवले व्यवस्थित र मर्यादित रुपमा कुनै पनि कार्य सम्पन्न गर्न सक्दैन । यस विचारलाई चिन्तन मनन गरी तत्कािलन मौलाथर मौजाका समाजसेवी, बुिद्धिजवी श्री छबीराम थापा ज्यूले आफू बेलायतको आर्मीमा भर्ति भएपछि त्यहाँको शिक्षा तथा शासन व्यवस्थाबाट प्रभावित भई आफूले पढ्ने अवसर प्राप्त नगरे पनि यस भेगका जनताहरूले ज्ञान हासिल गरून भन्ने हेतुले छुट्टीमा आउने क्रममा वि।स। २०१३ सालमा पृथ्वी प्रकाश नामाकरण राखी अनौपचािरक रुपमा यस विद्यालयको स्थापना गरेका थिए । त्यस पछि राजा महेन्द्रले नेपाल अधिराज्यको सिंवधान २०१५ मा जारी गरे पछि गाउँ गाउँमा विद्यालय स्थापना हुनु पर्ने निर्देशन आएपिछ तत्कालिन सत्यवती मौजाका मुखिया श्री पूर्ण बहादुर चौहान र यसै दमार मौजाका मुखिया श्री तिलक सिं सारुको नेतृत्वमा वि सं २०१५ सालमा विधिवत रुपमा प्राथिमक विद्यालयको स्थापना भएको देखिन्छ । समयको गति प्रवाह सँगै २०३१ सालमा प्राथिमक विद्यालयबाट नि।मा।वि। तह स्वीकृत हुँदै २०५५ सालमा मा।व। शैिक्षकसत्र २०७६र०७७ को िव।व्य।स। अध्यक्ष श्री तुल बहादुर आले, िश।अ।सं। अध्यक्ष श्री देविसं दर्लामी, वडा अध्यक्ष श्री दान बहादुर गाहा, ितनाउ गा।पा। प्रमख श्री ओम बहादुर घर्तीमगर, प्रशाशिकय प्रमुख ज्ञानु प्रसाद पनेरु, राजेश श्रेष्ठ, िशक्षा शाखा प्रमुख लक्ष्मी कुंवर, िशक्षाप्रेमी, वुिद्धिजवी , प्र।अ।, सा।प्र।अ। तथा िशक्षक तथा कर्मचारीहरू अभिभावकज्यूहरू तथा समाजसेवीहरुको अगुवाईमा यस िवद्यालयले कक्षा ११ तथा १२ थप्न सफल भएको छ । िमित २०७७ मा कक्षा ११ मा िशक्षा संकाय मात्र चलाएको यस िवद्यालयले िमित २०७८ देिख व्यवस्थापन िवषय थप गर्न सफल भएको छ । हाल कक्षा १२ सम्म सञ्चालन भइरहेको छ । यस िवद्यालयको िनर्माणमा उल्लेखनीय योगदान गर्नु भएका स्वर्गीय संस्थापक ज्यूहरु तथा िविभन्न कार्यकालका पूर्व िव।व्य।स। अध्यक्ष, िश।अ।स। अध्यक्ष, प्र।अ, िशक्षक तथा कर्मचारीहरू, िशक्षाप्रेमी, समाजसेवी, राजनीितज्ञ आिद िविभन्न महानुभावहरूलाई स्मरण गर्दै र हृदयदेिख नै हािर्दक धन्यवाद िददै आगामी िदनमा समयानुकूल िवकास गर्दै जाने संकल्प समेत गर्न जरुरी देिखएको कुरा प्रकट गर्न चाहन्छु ।

यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०ं२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु।४ लाख संकलन गरी २०७७ बैशाख ०१ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा व्यवस्थापन संकायमा कक्षा ११ को सुरुवात भएको हो ।

यस पृथ्वी प्रकाश मा।वि। मा ११ र १२ तर्फ शिक्षा र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ ।