लुम्बिनी अञ्चल पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं‌‍‍‍‍-४, छापमा अवस्थित यस पृथ्वी प्रकाश माध्यमिक विद्यालय यस जिल्लाको दक्षिण पूर्वी भेग पवित्र सत्यवती मन्दिरको सन्निकटमा रहेको छ । पाल्पा जल्ला सदरमुकाम देखि २४ कि‍ मि को दुरीमा चौविसमाइल भन्ने ठाउँबाट कच्ची बाटो करीब १० किमि दिक्षण भेगमा पर्ने कोल्डाँडा गा।िव।स। वडा नं। ३ छाप सार्से भञ्ज्याङ्ग डाँडामा श्री पृथ्वी प्रकाश मावि अविस्थत छ । पाल्पा जिल्ला कै अति दुर्गम पहाडी इलाकामा पर्ने हुँदा भौगोिलक दृर्षटिकोणले भिरालो पाखो जग्गामा बलौटे माटो दिक्षण पिट्ट धेरै अप्ठेरो भीर र उत्तरतर्फ भिवष्यमा बाटो विस्तार भई नियिमत संचालनको अवस्थामा विकास हुँदा व्यापािरक प्रायोजनाका सटर समेत निकाल्न मिल्ने संभावना बोकेको जग्गा छ । यस विद्यालयको सेवाक्षेत्र पूर्वमा माथागढी ५ मा पर्ने धािमघा, वंशीडाँडा, मौलाथर, दमार, सिमले साथै तिनाउ ४ गिजनचौर पर्दछ भने त्यसै गरी पिश्चममा तिनाउ ४छाप एवं सत्यवती भेगका विद्यार्थीहरुको पठनपाठन गर्न आउने मूल थलो रहेको छ । यस क्षेत्रका बहुसंख्यक व्यक्तिहरुले कृषि व्यवसायलाई नै प्रमुख बालिको रुपमा तेजपत्ता , अदुवा , अमृसो , पिडालु तरकारी खेति धान मकै कोदो आदि उत्पादन हुन्छ । यस विद्यालयको सेवा क्षेत्रमा बसोबास गर्ने अभिभावकहरूको मुख्य पेशा कृषि हो । धान, मकै, कोदो, उत्पादन हुन्छ । नगदे बालिमा केरा खेती , अदुवा, बेसार, पिडालु लगाएत दलहन सिमी इत्यादी उत्पादन गरिन्छ मुख्य आम्दानीको स्रोतमा दालचिनी तेजपातबाट मनज्ञ आम्दानी हुन्छ । यहाँ समशितोष्ण मनसुनी हावापानी पाइनाले यस क्षेत्रमा साल, उतिस, काफल, कटुस, गुँरास जस्ता फलफूलका साथै चुरे क्षेत्रमा पाइने वनस्पतिको वनजंगल पाइन्छ । पृथ्वी प्रकाश मा‍वि समुन्द्र सतहदेखि करिब १२५० मीटरको उचाइमा रहेको यस क्षेत्रमा ग्रीष्ममा न्यूनतम १५ देखि अधिकतम ३० डिग्री सम्म र हिउंदमा न्यूनतम ५ डिग्री देखि १८ डिग्री सम्म तापक्रम पाइन्छ । वर्षाको हिसाबले यो क्षेत्रमा हिउँदे याममा ४० से।मी। र ग्रीष्ममा २७५ से।मी। भन्दा बढी बर्षा भएको पाईन्छ